+
Search

ताजा अपडेट +

पपुलर +

“नराम्रो काम नगरेको छैन”: गृहमन्त्री लामिछाने

rabi lamichhane rashtriya swatantra party
डबली खबर
१ साल अगाडी

काठमाडौं – नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेले आफू सहभागी भएको एक सय दिनमा कुनै नराम्रो काम नगरेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले शनिबार काठमाडौंमा पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका हुन् ।

यस्तै उनले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन्। उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ। यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा।’

उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै उनले आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गरे।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ