sujim advert

पहिरोमा मानिस परेपछि सेनाको उद्धार अभ्यास

डबली खबर     जेष्ठ २७, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

men dummy toy in crises rescue
bidur tax consultancy services in nuwakot

नुवाकोट – आईतबार दिउँसो एक्कासी सुख्खा पहिरोले विदुर नगरपालिका-५ स्थित बाँडेचौरमा दुई घर लड्छ । पहिरोपछि मानिसहरूमा उद्धारको लागि हारगुहार माग्छ ।

“पहिरोले घर लग्यो”, “भाइबहिनीलाई पुर्‍यो” भन्दै पिडित मद्दत माग्दै थियो । पहिरोले लडेको घरले तल बेंसीमा रहेको घरलाई पनि असर गर्यो । सुख्खा पहिरोको निरन्तर त्राहिम मच्चिरहेको थियो । मानिसहरू चिच्याइ रहेको थियो ।

प्रहरीलाई जानकारी दिएपछि केहि समयपछि नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रससहितको टोली आवश्यक तयारीका घटनास्थल आइपुग्यो ।

सुरक्षाकर्मीले पहिरो पन्छाएपछि दुई जना मानिसहरू पहिरोभित्र पुरेको अवस्थामा भेटियो । दुईजना मृत अवस्थामा, एकजना गम्भीर घाइते र अन्य सामान्य घाईते अवस्थामा रहेको भेटियो । पहिरोको नजिकै जान मृतकका आफन्त र स्थानीयलाई सेना प्रहरीले रोकिरहेको थियो । घटनास्थलमा सुरक्षाकर्मीको टोली समयमै पुगेकाले उद्धारमा केहि राहत पुगेको थियो ।

घाइतेहरुलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू लाग्यो । पहिरोले सबै बाटो बन्द थियो। डोरीको माध्यमबाट सुरक्षाकर्मी घटनास्थलमा आयो । डोरीकै माध्यमबाट घाइते र मृतकको शवलाई पनि माथि लागियो । घाइतेलाई एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाईएको थियो ।

डोरीको माध्यमबाट मृतकको शवलाई पनि माथि लागिएको थियो ।

यो दृश्य वास्तविक नभएर जिल्ला बिपद् समिति नुवाकोटअन्तर्गत जिल्लाका सुरक्षाकर्मीले गरेको कृत्तिम अभ्यास तथा प्रदर्शन थियो। विपद्को समयमा उद्धार र राहत प्रक्रियालाई सुरक्षाकर्मीहरूले कृत्तिम अभ्यास गरेको हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top