sujim bazar advert

त्रिशूली अस्पताल प्रदेशकै उत्कृष्ट

डबली खबर     जेष्ठ २३, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

trishuli hospital rewarded to clinical audit report
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – त्रिशूली अस्पताल पुन: बागमती प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालायको आयोजनामा त्रिशूली अस्पतालले प्रदान गर्ने विभिन्न विभागीय सेवाहरुको गुणस्तर मापन स्वरूप गरिने क्लिनिकल अडिटमा अस्पताल उत्कृष्ट भएको हो ।

प्रतिवेदनकाअनुसार अस्पतालले ७० प्रतिशत अङ्क प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट अस्पताल ठहर भएको स्वास्थ्य निर्देशानालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नविन दर्नालले जानकारी दिए ।

अस्पताल विकास तथा व्यावस्थापन समितिका अध्यक्ष राजु पण्डितले आगामी दिनमा अझै थप सुधार र गुणस्तर वृद्धिमा केन्द्रित हुन हौसला प्राप्त भएको बताए ।

त्रिशूली अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय र सरकारी अस्पताल प्रतिको विश्वास बढाएर सरकारले उपलब्ध गराएका सेवा बिरामीलाई सरल रुपमा उपलब्ध गराउन आगामी दिनमा अझै थप गुणस्तरीय बनाउने अस्पताल प्रमुख डा. राजेन्द्र लामाले बताए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top