+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा बैंकका ग्राहकलाई स्टार नुवाकोट अस्पतालमा छुट

डबली खबर
१ साल अगाडी

विदुर – सानिमा बैंकले स्टार नुवाकोट अस्पताल प्रालिमा छुटको व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।

एक कार्यक्रमकाबीच विदुर शाखाका बैंक प्रबन्धक प्रेमबहादुर पौडेल र अस्पताल प्रबन्धक नविन जोशीले सेवा सुविधाको लागि हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकका ग्राहकहरुले ओपिडिमा २५, प्रयोगशालमा १५ प्रतिशत, औषधिमा ७ प्रतिशत र अन्य सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको स्टार नुवाकोट अस्पताल विदुर नगरपालिका-२ विदुरमा अवस्थित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ