विदुर – सानिमा बैंकले स्टार नुवाकोट अस्पताल प्रालिमा छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।
एक कार्यक्रमकाबीच विदुर शाखाका बैंक प्रबन्धक प्रेमबहादुर पौडेल र अस्पताल प्रबन्धक नविन जोशीले सेवा सुविधाको लागि हस्ताक्षर गरेका हुन् ।
सानिमा बैंकका ग्राहकहरुले ओपिडिमा २५, प्रयोगशालमा १५ प्रतिशत, औषधिमा ७ प्रतिशत र अन्य सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको स्टार नुवाकोट अस्पताल विदुर नगरपालिका-२ विदुरमा अवस्थित छ ।
प्रतिक्रिया