Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

१०० बोरा भारतीय यूरिया मल नियन्त्रणमा

डबली खबर     जेष्ठ २१, २०८१

yuriya mal news nuwakot khabar
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा ल्याएको १०० बोरा भारतीय यूरिया मल नियन्त्रणमा लिएको छ । 

भन्सार छली गरी ल्याएको ५० बोरा भारतीय यूरिया मल मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी तीलक भारतीले जानकारी दिए । उनकाअनुसार अस्थाई प्रहरी पोष्ट कोल्पुटार प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा आज जेठ २१ गते बा ४ ख ३८६७ नम्बरको आईचर गाडीमा मल भेटिएको हो ।

यस्तै , जेठ १७ गते ल ३ च २९१८ नम्बरको बोलेरो गाडीमा ल्याएको ५० बोरा यूरिया मल पनि प्रहरीले बरामद गरेको छ।

मल बोक्न प्रयोग भएको सवारीसाधन र ड्राइभरहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग
हरिहरभवन पुलचोक ललितपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top