World Tuberculosis Day 2025
sujim advert

कृष्णसेन स्मृतिमा विचार गोष्ठी

डबली खबर     जेष्ठ १३, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – प्रेस सेन्टर नेपाल नुवाकोटले पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुक (२०१३–२०५९) को २२ औं स्मृतिमा विदुरमा विचार गोष्ठी गरेको छ । कार्यक्रममा सहभागी पत्रकारहरूले कृष्णसेन इच्छुकको चर्चा गरेका छन् ।

आईतबार विदुरमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य बद्री प्याकुरेलले पत्रकार हुन कुनै पनि मिडिया वा पेशागत सङ्गठनमा आबद्ध हुनु नपर्ने बताए । प्रविधिको विकाससँगै पत्रकारिताको रूप फेरिएको बताए ।

नेपाल पत्रकार महासङ्गका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले स्थानीय सरकारको बेतिथी र भष्ट्रचारको विषयमा पत्रकारले कलम चलाउनुपर्ने बताए ।

सेन्टरका अध्यक्ष रामहरी गजुरेलले कृष्णसेन इच्छुकले देखाएको बाटोमा निरन्तर रुपमा हिडिँरहने र प्रतिक्रियावादी व्यवस्थाकाविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादी जनयुद्धका बेला नेकपा माओवादीले सञ्चालन गरेको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक इच्छुकको जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । कृष्णसेनको मृत्यु २०५९ जेठ १३ मा महेन्द्र पुलिस क्लबमा भएको थियो ।

प्रेस सेन्टर नेपालले सातै प्रदेशमा प्रदेश समिति, ७७ वटै जिल्लामा जिल्ला समितिले प्रभातफेरीसहित विभिन्न कार्यक्रम गर्दै कृष्णसेनको स्मृति दिवस मनाएका छन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top