sujim advert

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन माग

डबली खबर     १२ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

काठमाडौं – मदन भण्डारी फाउन्डेसनले वि.सं. २०६८ देखि निरन्तर रूपमा प्रदान गर्दै आईरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन मागेको छ ।

शुक्रबार फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले एक सूचना जारी गर्दै पुरस्कारका लागि आवेदन माग गरेका हुन् ।

फाउन्डेसनका सदस्य रामशरण प्याकुरेलका अनुसार नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीले पुर्‍यानुभएको योगदानको स्मरण गर्दै उहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेका व्यक्ति तथा संस्थाहरू मध्येबाट पुरस्कृत गर्ने गरिएको बताए । फाउन्डेसनले २०७८ देखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ समेत प्रदान गर्दै आएको जानकारी दिए ।

पुरस्कारमा आवेदन दिन नेपालमा दर्ता भएर कम्तीमा विगत ५ वर्षदेखि सञ्चालनमा रही, बार्षिक रूपमा कम्तिमा ५० करोड बराबरको बार्षिक कारोवार गरी नेपाल सरकारलाई तिर्नुपर्ने करका दायित्वहरू पूरा गरेको हुनुपर्ने उल्लेख छ । व्यक्ति वा संस्थाले आफ्नो सफलताको ट्र्याक रेकर्ड कायम गरेको हुनुपर्दछ । उद्यम वा सञ्चालक कालो सूचीमा नपरेको र कुनै पनि भ्रष्टाचार जन्य कारवाहीमा नपरेको स्वघोषणा गरेको शर्त रहेको छ ।

पुरस्कारका लागि उद्यमीले कामदार कर्मचारी भर्ना गर्दा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने अभिप्राय र पछाडी परेका क्षेत्र र समुदायमा बेरोजगारी दर घटाउन मद्धत पुग्ने गरी विशेष समुदाय वा क्षेत्रका नेपाली नागरिकहरूलाइ प्राथमिकता दिएको हुनुपर्ने उल्लेख छ । स्थानीय कच्चा पदार्थको प्रयोग, नवप्रविधि, कृषि, पर्यटन, वातावरणीय परिवर्तन, सौर्य एवं वैकल्पिक उर्जाजस्ता क्षेत्रहरूमा आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनका माध्यमबाट वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको हुनु पर्नेछ ।

फाउन्डेसन बितरण गर्ने पुरस्कार यसअघि प्राप्त गर्नेहरूको सूची यस्तो रहेको छ

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top