sujim advert

मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

डबली खबर     जेष्ठ ८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Nuwakot police arrested human trafficking to Laxmi Nepali Damai
bidur tax consultancy services in nuwakot

नुवाकोट – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका दुप्चेश्वर गाउँपालिका-६ की फरार अभियुक्त लक्ष्मी दमाई (नेपाली)लाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको फैसलापछि फरार रहेकी लक्ष्मीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

वि.सं. २०७५ पुष २२ गते १७ वर्षिया बालिकालाई ललाई फकाई भारतको नयाँ दिल्ली पुर्‍याई बेच्ने र बेश्यगमनको काममा लगाउने कार्यमा संलग्न भएको आरोपमा उनलाई उच्च अदालत पाटनले २०७९असार १९ गते ७ बर्षको कैद सुनाएको थियो ।

फैसला हुनुअघि देखि नै फरार रहँदै आएका लक्ष्मीलाई पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला कारागार चलान गरिएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top