sujim bazar advert

ओलीको प्रधानमन्त्री प्रचण्डलाई गरेको त्यो फोन जसबाट सशंकित बने अर्थमन्त्री, रोकियो बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया

डबली खबर     बैशाख २७, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

sebon nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर जसरी पनि दीपक भट्टले अघि सारेको व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन दवाव दिएपछि तत्कालका लागि अध्यक्ष नियुक्ती प्रक्रिया नै लम्बिएको छ । अर्थ मन्त्रालयले यहिँ हप्ताभित्र बोर्डको अध्यक्ष लगाउने गरी प्रक्रिया अघि बढाएको थियो । सोही अनुरुप बिहीबारका दिन मन्त्रालयमा बैंठक राखिएको थियो । तर उक्त बैंठक बस्नु अघि ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर जसरी पनि सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्नुपर्नेभन्दै ठाडो दबाब दिएपछि तत्कालका लागि उक्त कार्य रोकिएको छ ।

पछिल्लो समय सेबोन अध्यक्ष नियुक्तीमा कर्पोरेट हाउसहरुबीच चर्को लबिङमा छन् । सेबोनमा आफु नजिकका व्यक्ति नियुक्त गरेर नयाँ स्टक एक्स्चेञ्जको लाईसेन्स हत्याउनका लागि लबिङमा छन् । तर अर्थमन्त्री वर्षमान पुन भने कर्पोरेट हाउसले अघि सारेका मान्छे अध्यक्ष नियुक्त गर्दा नकारात्मक सन्देश जाने भन्दै स्वतन्त्र व्यक्ति नियुक्त गर्ने अडानमा थिए । तर, ओलीले जसरी पनि भट्टको मान्छे नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएपछि अर्थमन्त्री पुन त्यस्ता व्यक्तिलाई नियुक्त गर्दा नकारात्मक सन्देश जाने भन्दै पछि हटेका छन् ।

यसैगरी पछिल्लो समय एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि श्रेष्ठलाई जसरी पनि नियुक्त गर्नुपर्ने भन्दै पार्टीगत लविङमै लागेका छन् । समाचार स्रोतका अनुसार श्रेष्ठ पौडेलको चुवानी क्षेत्रका रहेको चुनावमा सहयोग गरेका अहिले उक्त गुन तिर्नका लागि पौडेल उनै श्रेष्ठलाई सेबोन अध्यक्ष नियुक्त गर्नुपर्ने भन्दै पार्टी लविङमा लागेका हुन् ।

डा. नवराज अधिकारी पनि भट्टकै कित्तामा

पछिल्लो समय रस्साकासीमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी जुनसुकै मूल्य चुकाएर पनि उक्त पद हत्याउने जोडबलमा लागेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले बोर्ड अध्यक्षमा स्वतन्त्र एवं सक्षम व्यक्ति ल्याउने बताएपनि भट्टको दोस्रो रोजाईमा रहेको र आफ्ना नातेदार समेत रहेका डा. अधिकारीलाई भट्टलाई स्टक लाईसेन्स दिने सर्तमा बोर्ड अध्यक्षमा आउन लागेका हुन् ।

पछिल्लो समय बोर्ड अध्यक्ष सिफारिस समितिले पाँच जनाको सूचि प्रकाशित गरेसँगै स्वार्थ समुहहरु आफु निकटका व्यक्तिलाई बोर्ड अध्यक्ष बनाउन लागि परेका छन् । सुरुवाती चरणमा कर्पोरेट हाउसले आफु निकटका व्यक्तिलाई अध्यक्ष बनाउन लागि परेतापनि पछिल्लो समय भने त्यसले नयाँ मोड लिएको छ । सुरुवाती चरणका विचौलिया दीपक भट्टले मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठमध्ये एक जनालाई बोर्ड अध्यक्ष बनाउन चाहेका थिए । तर ती मध्ये मुक्ति श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका कारण अन्तिम ३ जनामा सिफारिस गर्न नमिल्ने र सन्तोष नारायण श्रेष्ठलाई यदि कर्पोरेट हाउसको ट्याग लागेमा दीपक भट्टले आफुले नयाँ स्टक लाईसेन्स लिने सर्तसहित डा. नवराज अधिकारीलाई अघि सारेका छन् ।

पछिल्लो समय स्टकको नयाँ लाईसेन्स लिने विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्र्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र विचौलिया दीपक भट्टबीच सीतयुद्ध देखिएको छ । तर नयाँ स्टकका लागि ढकालले खासै चासो नदेखाएपनि विचौलिया भट्टले भने त्यसलाई आफ्नो प्रतिष्ठासँग जोडेको र जसरी पनि आफु अनुकुल स्टकको नयाँ लाईसेन्स लिने सर्तमा प्रधानमन्त्री पुष्पकमल दाहालका नातेदार समेत रहेका डा. अधिकारीलाई अध्यक्ष बनाउने लविङ्मा लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आफ्नै नकारात्मक व्यवहारका कारण चार पटकसम्म आवेदन दिएर पनि बोर्ड अध्यक्ष हुन नसकेका डा. अधिकारी पछिल्लो समय यदि श्रेष्ठ नभएमा प्रचण्डको नातेदार र विचौलिया दीपक भट्टको निगाहमा नयाँ स्टक लाइसेन्स दिने सर्तमा सेबोनको नयाँ अध्यक्ष बन्न लागेका उच्च स्रोतले जानकारी दिएको छ ।

बोर्ड अध्यक्ष छनौट समितिले आवेदन मध्ये चिरञ्जीवी चापागाईँ, सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र कृष्णबहादूर कार्कीको नाम ५ जनाको सूचिमा प्रकाशित गरेको थियो । जसमध्ये चिरञ्जीवी चापागाईँ चन्द्र ढकाल नजिकका व्यक्ति हुन भने सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ विचौलिया दीपक भट्टका मान्छे हुन । तर पछिल्लो समय आफु नजिकका व्यक्तिलाई प्रधानमन्त्री र अर्थमन्त्रीले सेवोन अध्यक्ष नवनाउने सुइको पाएपछि दीपक भट्टले आफुले नयाँ स्टकको लाईसेन्स लिने सर्तमा प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालको रोहवरमा डा. अधिकारीलाई सेवोन अध्यक्ष बनाउन लागिएको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top