२०८१, ६ जेष्ठ आईतवार

मापदण्ड विपरीत फार्मेसी

डबली खबर     चैत्र २८ २०८० १२:२७

dabali khabar samachar - leading news portal from nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटका अधिकांश फार्मेसी पसल मापदण्ड विपरीत रहेको पाइएको छ । जिल्ला बजार अनुगमन समिति र औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा फार्मेसी पसल मापदण्ड विपरित पाईएको हो ।

विदुर नगरपालिकाभित्र सञ्चालित अधिकांश फार्मेसी पसलहरूले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएपछि नगद जरिवानाका साथै तीन दिनभित्र औषधि व्यवस्था विभागमा सक्कल कागजातसहित उपस्थित हुन टोलीले निर्देशन दिएको छ ।

नियमविपरीत सञ्चालन भएको ६ वटा औषधि पसललाई नगद जरिवाना गरिएको छ । विदुर नपा १, २, ४, ५ र ९ मा सञ्चालित २३ वटा औषधि तथा फार्मेसी पसलहरूको स्थलगत अनुगमन गरिएको हो । अधिकांश मापदण्डको पालना नगरेको पाइएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

मापदण्ड विपरीत रहेको पाइएपछि विदुर नपा १ त्रिशूली बजारमा रहेको रोशन मेडिकल हल, विदुर ९ बाघटारमा रहेको अनुप मेडिकल हल, पिपुल्स च्वाइस फार्मेसी, विदुर २ विदुर वजारमा रहेको स्टार अस्पताल फार्मेसी, बट्टार बजारमा रहेको निको फार्मेसी र विदुर ५ देवीघाटमा रहेको जालपा मेडिकल हललाई जनही १०/१० हजार रुपैयाँ नगद जरिवाना गरिएको अनुगमनमा सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top