२०८१, १० जेष्ठ बिहीबार

मसाल जुलुस प्रर्दशन

डबली खबर     बैशाख १४ २०८१ २१:१०

raprapa masal julus in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न माग गर्दै सदरमुकाम विदुरमा साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।

बर्दियाका राप्रपा पूर्वअध्यक्ष स्वर्गीय ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले बताए ।

२७ चैतमा राप्रपाले काठमाडौंमा आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

यस्तै, हिन्दूराष्ट्र कायम गर्न, संघीयता खारेज गर्नु पर्ने, भ्रष्टाचारीलाई कारवाही गर्न र सुशासन कायम गर्नुपर्ने लगायतका माग गर्दै पार्टी कार्यालयदेखि विदुर चोकसम्म मसाल जुलुससँगै नारा लगाएका थिए ।

विदुर चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top