sujim advert

विदुरमा युवा रेडक्रस सर्कल गठन

डबली खबर     चैत्र ३०, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur youth redcross circle nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – सदरमुकाम विदुरमा सुमन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरिएको छ ।

सर्कलको उपाध्यक्षमा समिर लामिछाने, सचिवमा प्रदीपकुमार पण्डित, कोषाध्यक्षमा रमेश श्रेष्ठ, उपसचिवमा मनिष वाग्ले र उपकोषाध्यक्षमा सोममाया तामाङ चयन भएका छन् ।

यस्तै सर्कलको सदस्यहरूमा निर्जल राई, एञ्जल डङ्गोल, हरिजङ्ग पाण्डे, राकेश थापामगर र सुधा थापा चयन भएका छन् ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ र विदुर सिटि युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठले संयुक्तरुपमा टिका र खादा लगाई पदभार गराएका थिए ।

कार्यक्रममा नेरेसो नुवाकोटका सभापति श्रेष्ठले समुदायमा युवा रेडक्रस गठनले मानवीय सेवा तथा युवाको क्षमता विकासमा टेवा पुग्ने बताए ।

रगत जिल्लामा नि:शुल्क रगत पूर्ति गर्न एक करोड अभियान रेडक्रसको भावना, आवश्यकता र महत्व लगायतका बारेमा

कार्यक्रममा सोसाइटीका प्रमुख समुद्रबाबु अधिकारीले रेडक्रस र जिल्ला शाखा नुवाकोटको अवधारणा, उद्देश्य, गतिविधिबारे प्रशिक्षण दिएका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top