sujim bazar advert

रेडक्रसको ३५औं वार्षिक जिल्लासभा

डबली खबर     फाल्गुन २८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nepal redcross nuwakot annual program
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको ३५औं वार्षिक जिल्लासभा शनिबार सम्पन्न भएको छ ।

रेडक्रसका सभापति हरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उप-महामन्त्री मनोजकुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो ।

सभाको अवसरमा जिल्ला शाखा नुवाकोटले यस वर्षको उत्कृष्ट विधाहरुमा स्वयमसेवक, जुनियर तथा युवा रेडक्रस सर्कल र उपशाखा, रक्तदान कार्यक्रम सञ्चालन गर्ने संघ/सस्थालाई सम्मान गरिएको थियो भने यस बर्षभरी रक्तदान कार्यक्रम आयोजना गर्ने संघरसस्थाहरुलाई सम्मान गरिएको थियो ।

सभाले रक्त सञ्चार सेवा केन्द्रको लागि आह्वान गरीएको रू. एक करोड कोष अभियानमा सहयोगका लागि थप पहल र अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top