sujim advert

नेकपा एमाले अधिवेशन: तारकेश्वर १ र ५ मा बुद्धिलाल र अधिकारी

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

uml party office nuwakot building
bidur tax consultancy services in nuwakot

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी (एमाले) देशभर वडा अधिवेशन भइरहेको छ । नेकपा एमालेको वडा अधिवेशन एकैपटक गर्ने कार्यतालिका अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ र ५ मा पनि वडा अधिवेशन भएको छ ।

अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा बुद्धिलाल तामाङ चयन भएका छन् । तामाङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ ।

वडा कमिटीको उपाध्यक्षमा दुर्गाबहादुर तामाङ, सचिवमा अर्जुन घिमिरे, उपसचिवहरुमा शरण अधिकारी र सुष्मा खनाल रहेका छन् ।

यसैगरी, तारकेश्वर गापा वडा नम्बर ५ मा ज्ञानेन्द्रप्रसाद अधिकारी अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् । अधिकारीको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ ।

कमिटीको उपाध्यक्ष भीमबहादुर तामाङ, सचिवमा दशरथ तामाङ, उपसचिवहरुमा रिखी ओस्ति र कुमारी तामाङ रहेका छन् ।

नेकपा एमाले विदुर कमिटीको फागुन ११ गते शुक्रबार बसेको बैठकले वडागत कमिटीका अधिवेशन सम्बन्धमा निर्णय गरेको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top