sujim advert

जगतप्रकाशजंग शाहको प्रतिमामा माल्यापर्ण

डबली खबर     माघ १६, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

देवीघाट – नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले शहिद जगतप्रकाशजंग शाहको प्रतिमामा माल्यापर्ण गरेका छन् ।

आज शहिद दिवसको अवसरमा नेपाली काँग्रेस नुवाकोटद्वारा आयोजित एक कार्यक्रममा नेता नेपालीले माल्यापर्ण गरेका हुन् ।

विदुर नगरपालिका-५ मा रहेको शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयको प्राङ्गणमै रहेको प्रतिमा नुवाकोटका सभापति एवम् सांसद रमेशकुमार महत, सचिव श्रीराम श्रेष्ठलगायतले माल्यापर्ण गरेका थिए ।

शहिदको सम्मान स्वरुप माल्यापर्ण गर्नुको साथै मौनधारण गरिएको सभापति महतले जानकारी दिए ।

कार्यक्रममा संस्कृक विद्यालयका विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए ।

यसअघि विद्यालयले एक कार्यक्रम गरी विद्यालयका शिक्षक, विद्यार्थीहरुले शहिद शाहको प्रतिमामा माल्यापर्ण गरेको विद्यालयका प्रध्यानाध्यापक मञ्जु चित्रकारले जानकारी दिईन् ।

वि.सं. २०१८ पुसको अन्तिममा सेनाद्वारा शहिद शाह मारिएको कथन छ ।

यसैगरी तारकेश्वर गाउँपालिका-२ बगुवामा रहेको शहिद बासु रिमालको प्रतिमामा बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, संविधानसभा सदस्य राममाया बोगटी, जिसस नुवाकोट प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी लगायतले माल्यापर्ण गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top