२०८१, २३ बैशाख आईतवार

‘जनताका समस्या बुझ्न समुदायमा काँग्रेस अभियान’

डबली खबर     माघ १५ २०८० १८:४१

Hari Sharan Nepali Member of Nepali Congress
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले काँग्रेसले सुरु गरेको समुदायमा काँग्रेस अभियानमा नागरिकका कुरा सुनिने बताएका छन् ।

नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको बैठकमा नेपालीले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए । गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो । वडाबाट पार्टीबीच समन्वय नभएको गुनासोलाई यस अभियानमार्फत् सम्बोधन गरिने बताए ।

जनतासँग धारणा बुझेर नीति बनाएर पार्टीको सुदृढिकरणको निमित्त भन्दै नेता नेपालीले अहिलेको परिवेश अनुसार काँग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे ।

“पार्टीबाट रुस्ट भएका जिल्लाका पूर्व पदाधिकारी, कार्यकर्ताहरुलाई पनि यस अभियानमा जोडिने छौं”, नेता नेपालीले भने “जसको लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र जिल्लाका पार्टी सभापतिलगायतको समिति संयन्त्र खडा गर्नेछौं ।”

अभियानमा सार्वजनिक स्थल, मठमन्दिर सरसफाईको साथै विविध सामाजिक कार्य रहेको नेता नेपालीले जानकारी दिए ।

यही माघ १३ गतेदेखि सुरु भएको अभियान नुवाकोटमा भने भोलि माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ । अभियान सुशिल कोईराला स्मृति दिवसमा नागरिक कार्यक्रम गरी समापन गरिने नेता नेपालीले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top