sujim bazar advert

‘जनताका समस्या बुझ्न समुदायमा काँग्रेस अभियान’

डबली खबर     माघ १५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Hari Sharan Nepali Member of Nepali Congress
Big Education Consultancy Nuwakot

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले काँग्रेसले सुरु गरेको समुदायमा काँग्रेस अभियानमा नागरिकका कुरा सुनिने बताएका छन् ।

नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको बैठकमा नेपालीले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए । गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो । वडाबाट पार्टीबीच समन्वय नभएको गुनासोलाई यस अभियानमार्फत् सम्बोधन गरिने बताए ।

जनतासँग धारणा बुझेर नीति बनाएर पार्टीको सुदृढिकरणको निमित्त भन्दै नेता नेपालीले अहिलेको परिवेश अनुसार काँग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे ।

“पार्टीबाट रुस्ट भएका जिल्लाका पूर्व पदाधिकारी, कार्यकर्ताहरुलाई पनि यस अभियानमा जोडिने छौं”, नेता नेपालीले भने “जसको लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र जिल्लाका पार्टी सभापतिलगायतको समिति संयन्त्र खडा गर्नेछौं ।”

अभियानमा सार्वजनिक स्थल, मठमन्दिर सरसफाईको साथै विविध सामाजिक कार्य रहेको नेता नेपालीले जानकारी दिए ।

यही माघ १३ गतेदेखि सुरु भएको अभियान नुवाकोटमा भने भोलि माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ । अभियान सुशिल कोईराला स्मृति दिवसमा नागरिक कार्यक्रम गरी समापन गरिने नेता नेपालीले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top