sujim advert

वृद्धाको हत्यामा संलग्न युवा पक्राउ

डबली खबर     पुस १९, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

crime suspected suku tamang arrested by nuwakot police
bidur tax consultancy services in nuwakot

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखतीटोलस्थित खत्री गाउँकी एक वृद्धा हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते सोमबार स्थानीय ७५ वर्षीया नेत्रकुमारी घर्ती क्षेत्रीको राती अन्दाजी १० बजे घरसँगैको बाख्राको खोरमा मृत अवस्थामा छिमेकी आफन्तले फेला परेका थिए ।

हत्यामा संलग्न अभियुक्त सोहि वडाको साल्मेटार बस्ने २२ वर्षीय सुकु तामाङलाई प्रहरीले बुधबार आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । मृत वृद्धा लामोसमयदेखि घरमा एकल महिलाको रुपमा जीवनयापन गर्दै आईरहेकी थिईन् ।

विहे गरेपछि दुलन फर्कने दिनदेखि घर नगई माईतमै बस्दै आईरहेकी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानको लागि सात दिन हिरासतमा राख्न आदेश पाएको थियो ।

आजनै प्रहरीले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त लागूऔषध दुर्व्यसनी रहेको प्रहरी प्रमुख थापाले जानकारी दिए । अभियुक्तले वृद्धाको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

प्रहरीले अभियुक्तको बयानबाट नगद ८३ हजार रुपैयाँ, कानमा लगाउने सुनको बेरुवा १ जोडी, सानो तिलहरी १ थान बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को च्यासिङटोलको जङ्गलमा गाडेर राखेको अवस्थामा जफत गरेको छ ।

अभियुक्तलाई मुलुकी ऐन अपराध संहिता २०७४ बमोजिम ज्यान तथा लुटपाट कसुरमा प्रहरीले हिरासतमा राखेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top