२०८१, १६ बैशाख आईतवार

नेपाली काँग्रेस नुवाकोटमा १५ हजार सक्रिय सदस्य

सुनील श्रेष्ठ     पुष ५ २०८० ११:५५

nepali congress nuwakot office building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जिल्लामा नेपाली काँग्रेसका १५ हजार २९ जना सक्रिय सदस्य रहेको प्रतिवेदनले जनाएको छ । काँग्रेसको प्रथम जिल्ला सम्मेलनको अवसरमा प्रकाशित प्रतिवेदनले उक्त सङ्ख्यामा सक्रिय सदस्य रहेको देखाएको हो ।

प्रतिवेदनअनुसार विदुर नगरपालिकामा दुई हजार ७६९, बेलकोटगढीमा दुई हजार १५४, तारकेश्वरमा एक हजार ८, म्यागङमा एक हजार ६८ र किस्पाङमा ८३० जना सक्रिय सदस्य रहेका छन् ।

यसैगरी, दुप्चेश्वर गाउँपालिकामा ९०५, तादीमा एक हजार २०५, शिवपुरीमा एक हजार ११३, पञ्चकन्यामा एक हजार ५५१, सूर्यगढीमा ८२८, लिखुमा ७५५ र ककनीमा दुई हजार १० जना सक्रिय सदस्य रहेका छन् ।

जिल्ला कार्य समितिमा पदाधिकारी र सदस्यसहित ६२ जना र क्षेत्रीय प्रतिनिधि एक हजार ७६० जना रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top