२०८१, २१ बैशाख शुक्रबार

भोलिदेखि लिखुमा खेलकुद र सांस्कृतिक महोत्सव

डबली खबर     मंसिर २७ २०८० १७:२४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भोलिदेखि ढिकुरेस्थित पहरेघाट बगरमा प्रथम नुवाकोट खेलकुद र सांस्कृतिक महोत्सव हुदैंछ । “युवाको चाहाना खेलकुदको जगेर्ना धार्मिक, ऐतिहासिक, कला, संस्कृतिको सम्बर्द्धन खेलमार्फत् दिगो विकासमा युवाको सहभागिता” मूल नारासहित लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ को सिमाना पहरेघाट बगरमा हुने महोत्सवको तयारी पुरा भएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा पहरेघाट बगरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक अशोककुमार थापाले भोलि मङ्सिर २८ गतेदेखि पुष १० गतेसम्म संचालन हुने महोत्सवले प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एवम् धरोहरहरुको आन्तरिक र बाह्य बजारमा प्रचारप्रसार गरी जिल्लाको विकासका साथै सर्वसाधारणको जीवनस्तरमा सुधार गर्न टेवा पुर्याउने बताए । बागमती भ्रमण वर्ष–२०२४ लाई समेत सफल पार्नको लागि यस महोत्सवले टेवा पुर्याउने उनले बताए ।

महोत्सवमा साँस्कृतिकतर्फ जिल्लाका लोकदोहरी, लोकनृत्य, लाखेनाच, काठेभाका, तामाङसेलो, बालनभजन, पञ्चेबाजा, साँस्कृतिक रितिरिवाज परम्पराका झाँक्रीनाच प्रदर्शन, म्हेन्दोमाया गीत लगायतमा प्रतिस्पर्धा गराइनेछ । खेलकुदतर्फ तेक्वान्दो, कराँते, जुडो, उसु, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, भलिबल खेलको प्रतियोगिता गराई जिल्ला खेल र खेलाडीको विकासमा सघाउ पु¥याईने छ । साँस्कृतिक र खेलकुदको विभिन्न विधाका छुट्टाछुट्टै उपसमिति बनाईएको छ ।

महोत्सवमा जिल्लाका १२ वटै स्थानीय तहबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र विभिन्न विधागत क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरिने जनाएको छ ।

महोत्सवले नुवाकोटको खेल जगतलाई जनमानससम्म प्रचारप्रसार र संरक्षण, धर्म, संस्कृति, सीप, कला कौशलको प्रबद्र्धन र प्रचारप्रसार, खेलकुद तथा संस्कृति पर्यटन प्रवर्द्धनमा जोड, आर्थिक व्यापार प्रवर्द्धन, कृषिउपज उत्पादनको प्रवर्द्धन, प्रदर्शन र प्रचारप्रसार, पर्यटन विकास तथा नयाँ मार्गको पहिचान लक्ष्य लिएको छ । यस्तै, वैदेशिक रोजगारमा पलायन भएका युवावर्गलाई खेलकुदप्रति आर्कषित गराई स्वदेशमै बस्ने वातावरण निर्माण, नुवाकोट जिल्लालाई खेलकुद हब बनाउन पहल र प्राकृतिक ऐतिहासिक सम्पदाको प्रचारप्रसार र संरक्षण गर्ने लक्ष्य महोत्सवको रहेको छ ।

महोत्सवमा साधारण टिकट शुल्क एक सय र विद्यार्थीको परिचयपत्रको आधारमा ५० रुपैयाँ तोकेको छ । साथै एकल महिला, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क प्रवेश रहेको छ ।

महोत्सवकै अवसरमा विभिन्न खेलमध्ये दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top