नुवाकोट – नेपाल तामाङ कलाकार संघले आयोजनामा भोलिदेखि तेस्रो तामाङ मौलिक संगीत महोत्सव काठमाडौंमा हुदैछ ।
मंसिर २९ र ३० गते दुईदिन होटल ह्यात ग्राउण्डमा हुन लागेको उक्त महोत्सवको लागि स्टेज निर्माण तथा अन्य व्यवस्थापनको कार्य पुरा भएको महोत्सव संयोजक रोशन फ्युबा तामाङले जानकारी दिए ।
महोत्सवलाई थप आकर्षक बनाउन उद्घाटनको दिन बौद्ध स्तूपदेखि डम्फू, साँस्कृतिक झाँकी, ताम्बा तथा तामाङ समुदायको विभिन्न संघसंस्थाको प्रतिनिधित्वसहित कार्यक्रम स्थलसम्म ¥याली गराउन लागेको उनले बताए ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तनले महोत्सवमा देशभरी रहेका तामाङ समुदायमा गाउने मौलिक भाषासहितको सेलो गीतहरू प्रस्तुत हुने बताए ।
तेस्रो संस्करणको रूपमा यस वर्ष तामाङ समुदायको मौलिकता झल्किने बाजा, गीतसंगीतका साथै पहिचानसहित प्रस्तुति हुनेछ ।
प्रतिक्रिया