sujim advert

सक्षम सहकारीमा दुवाडी

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

sakshyam sahakari cooperative
bidur tax consultancy services in nuwakot

नुवाकोट – सक्षम बहुद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा तुलसी दुवाडी निर्वाचित भएका छन् ।

शनिबार भएको सहकारीको १६औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा दुवाडी निर्विरोध निर्वाचित भएका हुन् । दुवाडीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ ।

सहकारीको उपाध्यक्षमा जानुकादेवी घिमिरे, सचिवमा छविलाल ओझा, सहसचिव मदनबहादुर गुरुवाचार्य र कोषाध्यक्ष राजुमान प्रधान चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा नुरकुमारी घिमिरे, इन्द्रमान जोशी, रामदाश रञ्जीत र ईश्वर श्रेष्ठ चयन भएका छन् ।

सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिलबहादुर माझी चयन भएका छन् । सदस्यहरु विष्णुदेवी श्रेष्ठ र सचिता गुरुङ रहेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top