sujim bazar advert

न्यानो लुगा वितरण

डबली खबर     मंसिर १७, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडासदस्य रामकाजी थापाले विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका छन् ।

बुधबार वडाका तीन विद्यालयमा अध्ययनरत २८० जना विद्यार्थीलाई वडासदस्य थापाले न्यानो लुगा वितरण गरेका हुन् ।

वडा क्षेत्रका सरस्वती आधारभूत विद्यालय, चण्डि माध्यमिक विद्यालय र अन्नपूर्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई उक्त लुगा उपलब्ध गराइएको वडासदस्य थापाले जानकारी दिए ।

वडासदस्य थापा जनप्रतिनिधि हुनुभन्दा अघिदेखि नै सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका थिए ।

वितरण गरिएको सामाग्री लक्ष्मी फाउन्डेसनले सहयोग गरेको वडासदस्य थापाले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top