sujim advert

तीन स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

डबली खबर     मंसिर १३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – बेलकोटगढि नगरपालिकाले तीन स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मंगलबार वडा नम्बर ३ को कुमरी स्वास्थ्य चौकी, वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई १/१ वटा एम्बुलेन्स हस्तान्तरण गरेको हुन् ।

एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताए ।

नगरपालिकाले प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७१८ अठार रुपैयाँमा एम्बुलेन्स खरिद गरेको हो । भन्सार महसुल, प्रज्ञापन पत्रशुल्कगरी कुल ५९ लाख ९८ हजार ५०० रुपैंयामा तीन वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top