sujim advert

२१३ जनाको नि:शुल्क मोतीयाविन्दु शल्यक्रिया

डबली खबर     मंसिर ७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

cataract eye operation nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा २१३ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

कार्तिक २३ गतेदेखि मङ्सिर ३ गतेसम्म भएको एकदिने मोतियाविन्दु छनौट शिविरबाट एक हजार ७५१ जना बिरामीको आँखा परीक्षण गरी २१३ जना बिरामी पहिचान गरि सफल मोतियाविन्दुको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख ताराबहादुर वाईबाले जानकारी दिए । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, तारकेश्वर, सूर्यगढी, शिवपुरी, किस्पाङ, म्यागङ गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकी र विद्यालयमा गरी बिरामी पहिचान गरिएको उनले बताए ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञहरुको टोलीले गरेको तीनदिने मोतियाविन्दु शल्यक्रिया शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा मङ्सिर ४ गतेदेखि ६ गतेसम्म तीन दिनसम्म भएको शल्यक्रिया शिविरबाट २१३ बिरामीको आँखाको ज्योति फर्काइएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

आँखाको शल्यक्रिया गरिएका बिरामीहरुलाई नि:शुल्क औषधी वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना दिईएको थियो ।

शिविरमा द फ्रेड हलोस फाउन्डेसन गैरसरकारीको सहयोग रहेको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top