२०८१, १७ बैशाख सोमबार

नौ हजारले लिए नि:शुल्क राहदानी र परिचयपत्र सेवा

सुनील श्रेष्ठ     कार्तिक २४ २०८० १७:४५


bidur municipality national id and passport statistic data of nuwakot

नुवाकोट – विदुर नगरपालिकाले सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन नि:शुल्क राष्ट्रिय परिचयपत्र र राहदानी आवेदन फाराम भर्नेको सङ्ख्या नौ हजार तीन सय २० जना पुगेको छ । तथ्यांकअनुसार राहदानीमा चार हजार ५५० र राष्ट्रिय परिचयपत्रमा चार हजार ७७० जना सेवाग्राहीले लाभ लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सेवाग्राहीको सहजताका लागि विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क राहदानी र राष्ट्रिय परिचयपत्र फाराम भर्ने सुविधा छ। गत वैशाखमा प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गरेको थियो ।

तथ्यांकअनुसार राहदानीतर्फ महिला दुई हजार २९२, पुरुष दुई हजार १२१, बालबालिकामा केटी ७२ र केटा ६५ जनाले लाभ लिएका छन् । त्यस्तै, राष्ट्रिय परिचयपत्र आवेदन फाराम भर्ने सुविधा लिनेमा महिला दुई हजार ४०८ र पुरुष दुई हजार ३६२ जना रहेका छन् ।

राहदानीतर्फ विदुर नगरपालिकाकै ६१० जना रहेका छन् । जसमा महिला ३१८, पुरुष २६७, बालबालिकामा केटी १४ र केटा ११ जना रहेका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रमा महिला २७९ र पुरुष ३१० जना गरी कुल ५८९ जनाले नि:शुल्क सेवा लिएका छन् ।

यसैगरी राहदानीतर्फ बेलकोटगढी नगरपालिकाका ८५५, ककनी गाउँपालिकाका ४२९, लिखुका २६७, शिवपुरीका २१९, पञ्चकन्याका २४९, दुप्चेश्वरका २७० जना, तादीका २९६, तारकेश्वरका ३१४, सूर्यगढीका २९४, किस्पाङका ३७१ र म्यागङका ३७६ जना सेवाग्राहीले लाभ लिएका छन् ।

राष्ट्रिय परिचयपत्रतर्फ बेलकोटगढी नगरपालिकाका ९४७, ककनी गाउँपालिकाका ४५०, लिखुका ३६८, शिवपुरीका २४९, पञ्चकन्याका २६०, दुप्चेश्वरका २१९, तादीका २६९, तारकेश्वरका २७६, सूर्यगढीका ३२५, किस्पाङका ३२९ र म्यागङका ४८९ जना सेवाग्राहीले लाभ लिएका छन् ।

कतिपय सेवाग्राहीले अनलाईनबाटै आफै फाराम भरी आउने गरेकोमा केहि त्रुटी हुने भएकोले पुन:फाराम भरी सहजीकरण गर्ने गरेको सामी परियोजनाका सूचनादाता तथा परामर्शकर्ता विक्रम रिमालले बताए ।

उक्त कक्षबाट सेवाग्राहीलाई आवश्यक कागजातहरुको प्रतिलिपि गर्न नि:शुल्क फोटोकपी गर्ने गरेको छ ।

जेठ १ गतेदेखि विदुर नगरपालिकाले प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न दुई कर्मचारी र आवश्यक उपकरणको व्यवस्था गरी नागरिकको सहजतालाई कार्यको थालनी गरेको थियो ।

नगरप्रमुख श्रेष्ठका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बिमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पुर्‍याउँदै आएको सामी परियोजना सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top