sujim advert

साँझ ९ बजेपछि देउसी–भैलो खेल्न निषेध नुवाकोटमा

डबली खबर     कार्तिक २४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

district administration office dao nuwakot daonuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोटका प्रमुख जिल्ला अधिकारीले रातको समयमा परम्परागत खेल्दै आएको देउसी–भैलो खेल्न निषेध गरेको छ ।

तिहारमा नुवाकोटमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्देशन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

त्यस्तै, जिल्लाका प्रज्वलनशील वस्तु पड्काउन पनि निषेध गरिएको छ । भुइचम्पा, पटका, आतिसबाजी जस्ता विष्पोटक पदार्थ गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिए । ​त्यस्ता पदार्थले धनजनको क्षति हुने भएकोले पूर्ण बिक्रि वितरण र प्रयोगमा रोक लगाएको बताए ।

यस्तै स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top