२०८१, २३ बैशाख आईतवार

विदुर नगरपालिकाको राजस्व ३८.९३ प्रतिशतले वृद्धि

सुनील श्रेष्ठ     कार्तिक १९ २०८० २२:२२


Building of Bidur Municipality Office
विदुर नगरपालिका कार्यपालिकाको भवन । फोटो: सुनील श्रेष्ठ

नुवाकोट – विदुर नगरपालिकाको चालुआर्थिक वर्षको पहिलो चौमासिकमा आन्तरिक राजस्व ३८.९३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिकवर्ष २०७९/०८० कार्तिकमा एक करोड ११ लाख २८ हजार ६२८ राजश्व सङ्कलन भएकोमा चालुआर्थिक वर्षमा एक करोड ५४ लाख ६० हजार ५२९ राजश्व सङ्कलन गरेको नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् । यो गत आर्थिक वर्षको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ राजश्व वृद्धि हो । राजस्व सङ्कलन वृद्धि हुनुमा नगरबासी, उद्योगी, व्यवसायी, राजनीतिक दललगायतको क्रियाशीलता र सहयोग रहेको नगर उपप्रमुख बोगटीले बताईन् ।

नगरपालिकाको राजस्वको शिर्षक एकीकृत सम्पत्ति करमा ३१.३२ प्रतिशत, भूमिकरमा ३९.२८ प्रतिशत र व्यवसाय दर्ता करमा ३७.८५ प्रतिशत वृद्धि भएको छ । नगरपालिकाले चालुआर्थिक वर्षको कार्तिक १५ गतेसम्ममा राजस्व शिर्षक एकीकृत सम्पत्ति करबाट १४ लाख २७ हजार ८९० रुपैयाँ, भूमिकरमा १४ लाख २१ हजार ५१४ रुपैयाँ र व्यवसाय दर्ता करमा ६ लाख ७४ हजार २२० रुपैयाँ सङ्कलन गर्न सफल भएको छ ।

यस्तै, विज्ञापन करमा ३२ हजार १००, दस्तुर तथा सेवा शुल्कमा चार लाख २० हजार २२०, निकासी करमा एक हजार, वहाल करमा २१ लाख ४५ हजार ७२१, पञ्जीकरण दर्तामा दुई लाख २२ हजार ८००, नक्सा पास दस्तुरमा १५ लाख ३६ हजार ४७८, नाता प्रमाणितमा एक लाख ४६ हजार ५००, सिफारिस दस्तुरमा १९ लाख ९८ हजार २९९, शिक्षा क्षेत्र शुल्क तथा दस्तुर तीन हजार ४००, वर्क्यतामा १६ हजार ६०० रुपैयाँ सङ्कलन गरेको छ ।

राजस्व वृद्धिमा वडागततर्फ गत आवभन्दा चालुआवमा सबैभन्दा बढी १३ नम्बर वडाको १०७.९१ प्रतिशत र सबैभन्दा कम ९ नम्बर वडाको ३.०९ प्रतिशत राजस्व वृद्धि भएको देखिएको छ ।

यस्तै चालु आवमा वडा नम्बर ४ ले सबैभन्दा बढी र सबैभन्दा १३ नम्बर वडाले कम राजस्व सङ्कलन गरेको छ । चालुआर्थिक वर्षमा १ नम्बर वडाले ११ लाख नौ हजार २०१ रुपैयाँ, २ नम्बर वडाले १३ लाख ५९ हजार १० रुपैयाँ, ३ नम्बर वडाले छ लाख ७७ हजार १६९ रुपैयाँ, ४ नम्बर वडाले २२ लाख ७० हजार ६६३ रुपैयाँ र ५ नम्बर वडाले १४ लाख ६६ हजार ६३९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै, ६ नम्बर वडाले सात लाख ८३ हजार ५६२ रुपैयाँ, ७ नम्बर वडाले चार लाख ९८ हजार ५११, ८ नम्बर वडाले छ लाख ६८ हजार ४९१ रुपैयाँ, ९ नम्बर वडाले १३ लाख तीन हजार ७२० रुपैयाँ, १० नम्बर वडाले चार लाख २९ हजार ६५० रुपैयाँ, ११ नम्बर वडाले तीन लाख ३८ हजार ५६२, १२ नम्बर वडाले दुई लाख ९२ हजार १२० रुपैयाँ र १३ नम्बर वडाले पाँच लाख ५२ हजार ५४८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकामा एकीकृत सम्पत्ति कर, भूमिकर, व्यवसाय दर्ता कर, विज्ञापन कर, दस्तुर तथा सेवा शुल्क, निकासी करमा एक हजार, वहाल कर, पञ्जीकरण दर्ता, नक्सा पास दस्तुर, नाता प्रमाणित, सिफारिस दस्तुर, शिक्षा क्षेत्र शुल्क तथा दस्तुर, वर्क्यताबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ ।

त्यसैगरी, अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top