कोलेनी – आइतबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नुवाकोट निर्माण व्यवसायी संघको टिमलाई हराउँदै नुवाकोट उद्योग तथा वाणिज्य संघको समूह विजयी भएको छ ।
थ्रिडी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा उद्योग तथा वाणिज्य संघको समूहले निर्माण व्यवसायी संघलाई १–० गोलको अन्तरले हराई विजयी भएको हो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा उद्योग तथा वाणिज्य संघ, समूहले निर्माण व्यवसायी संघ, त्रिशूली अस्पताल र आयोजकले प्रतिस्पर्धा गरेका थिए ।
उद्योग तथा वाणिज्य संघका उसनमान श्रेष्ठले आफ्नो समूहको तर्फबाट एक गोल गरेको थिए । सोहि गोल नै निर्णायक बन्यो ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्रतियोगितालाई सम्बोधन गर्दै खेलले मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबलले सबैलाई सद्भावको बाटोमा डोर्याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया