२०८१, २१ बैशाख शुक्रबार

फुटसलमा जेडी र चन्द्रज्योती मावि विजयी

डबली खबर     भाद्र १० २०८० ११:२०

pipaltar futsal 2080
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पिपलटार फुटबल क्लबको आयोजनामा भएको फुटसलमा जालपादेवी बोर्डिङ स्कूल र चन्द्रज्योती मावि विजयी भएका छन् ।

पिपलटार फुटसलमा भाद्र ८९ र ९ गते भएको दुई दिवसीय फुटसल प्रतियोगिताको फाइलनमा छात्रतर्फ जेडिले २-१ गाेलअन्तरले च्वाडि पब्लिक माध्यमिक विद्यालयलाई पराजित गरेकाे आयोजक क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । यस्तै, छात्रातर्फ चन्द्रज्याेतिले जेडिलाई २-१ गाेलअन्तरले पराजित गरेकाे छ ।

प्रतियोगितामा छात्रतर्फ विजेताले रु. १५ हजार नगदसहित ट्रफी जितेका छन् । दोसो ह्रुनेले रु. ७ हजार रूपैयाँ पाएका छन् । छात्रातर्फविजेताले रु.१० हजार नगद र उपविजेताले रु. ५ हजार नगदसहित ट्रफी हात पारेका छन् ।

विजेता र उपविजेताहरुलाई बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले संयुक्तरुपमा नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए।

मन्त्री लामाले खेल पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै नुवाकोट जिल्लालाई खेलकुदको उपयुक्त गन्तव्य बनाउने गरि आवश्यक योजनाहरु कार्यान्वयनमा ल्याईने प्रतिबद्धता जनाएका छन् । 

प्रतियोगितामा छात्रतर्फ जेडिका युकेश पनेरु र छात्रातर्फ उत्कृष्ट खेलाडि जेडिकै भावना केसी उत्कृष्ट खेलाडि घोषित भएकी छिन् ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक जेडिका सुरज कुमाल र चन्द्रज्योतिकी हसिना तामाङ घोषित भए भने चन्द्रज्योतिकी मनिषा तामाङ तथा जेडिका सम्राट तामाङले हाईस्कोरको उपाधी प्राप्त गरेकी छिन् ।

कार्यक्रममा एसइई २०७८ मा सर्वोत्कृष्ट हुने जिल्लाका चार जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। ३.९५ जिपिए ल्याउने पृथ्वी माविकी वन्दना पुडासैनी र कृष्मा श्रेष्ठ र अर्किड एकेडेमीकी स्मृति रिमाल र निश्चल डंगोललाई सम्मान गरिएको अध्यक्ष पनेरुले जानकारी दिए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top