२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

दोस्रो माविस्तरीय फुटसल भाद्र ८ गतेदेखि

डबली खबर     श्रावण २५ २०८० १०:१२

pipaltar second secondary futsal tournament nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – पिपलटार फुटबल क्लबको आयोजनामा “दोस्रो अन्तर माविस्तरीय फुटसल प्रतियोगिता” हुने भएको छ ।

“फुटबल विकासमा हाम्रो प्रयास” मूल नारा रहेको उक्त प्रतियोगिता आगामी भाद्र ८ र ९ गते हुने क्लबका अध्यक्ष उद्दव पनेरुले बताए ।

फुटसल प्रतियोगिता छात्र र छात्रा गरी दुई विधामा हुनेछ । छात्र समुह दर्ताका लागि तीनहजार र छात्राको लागि दुईहजार रुपैंयाँ लाग्नेछ । भाद्र ६ गते भित्रमा समुह दर्ता गर्ने अन्तिम दिन रहेको छ । समूहमा सात खेलाडी हुनु पर्नेछ ।

पिपलटार फुटसल खेलमैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पनेरुले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताको ९८२३११४०२३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top