२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

बुद्धिजीवी परिषदको बैठक सम्पन्न

डबली खबर     श्रावण २० २०८० १८:००

cpnmul meeting nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति नुवाकोटको नवौं पूर्ण बैठक सम्पन्न भएको छ ।

परिषदका अध्यक्ष रामहरि रिमालको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष बद्री मैनाली, प्रदेश कमिटी सदस्य नारायणप्रसाद खतिवडालगायत जिल्ला कमिटीका पदाधिकारीको उपस्थितिमा शनिबार बैठक सम्पन्न भएको हो ।

बैठकले परिषदको वार्षिक कार्यपत्र, सांगठनिक विस्तार, विचार गोष्ठी, मासिक रुपमा नुवाकोट जिल्लाको पार्टी गतिविधि र जनसंगठनका गतिविधिहरु समावेश गरि ई-बुलेटिन प्रकाशनका लागि समिति गठनको खाका तयार गर्ने जस्ता महत्वपुर्ण निर्णयहरु गरेको छ ।

संगठन सुदृढीकरण तथा पार्टीका कार्यकर्ताको मनोबल उच्च राख्न जिल्ला पार्टी र बुद्धिजीवी परिषद् नुवाकोटले खेल्नुपर्ने भूमिका र पार्टीलाई एक्यबद्द बनाई आगामी निर्वाचनमा विजय हासिल गर्न अपनाउनु पर्ने रणनीति लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top