२०८१, २१ बैशाख शुक्रबार

विदुर वडा नं-२ मा लामखुट्टेको लार्भा नष्ट अभियान

डबली खबर     श्रावण १७ २०८० ११:५१

dengue bidur municipality ward 2 nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । विदुर नगरपालिकामा डेंगीका बिरामी फेला परेपछि वडा नं २ को कार्यालयले पनि ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान शुरु गरेको छ ।

वडा नम्बर ४ ले अभियान अन्तर्गत आज बुधबार जिल्ला अदालत, प्रशासन, मालपोत, रावलधारा क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट र सरसफाई सञ्चालन गरेको हो।

अभियानलाई सम्बोधन गर्दै जिल्ला न्यायधिश मदनबहादुर धामीले लार्भा खोज र नष्ट गरिनुको साथै सरसफाई अभियानले डेंगीबाट लाग्ने रोगको रोकथाम कार्य सहरानिय रहेको बताए ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पछिल्लो समय नगरमा डेंगीको संक्रमण बढेकाले वडागत रुपमा यस अभियानले डेंगी नियन्त्रणमा सघाउ पुर्याउने बताए ।

डेंगी लामखुट्टेको बासस्थानको सम्भावना भएको क्षेत्रहरुमा सरसफाई गर्न सुरु गरिएको वडा अध्यक्ष दिपक कायस्थले जानकारी दिए । लामखुट्टेको टोकाईबाट हुने डेंगी रोग नियन्त्रणका लागि नगरपालिकाले सञ्चालन गरिएको अभियान निरन्तता दिएको बताए ।

वडालाई सफा र संक्रमणरहित बनाउने अभियानमा सर्वसाधारणको समेत सहभागिता बढाउँदै जाने वडा अध्यक्ष कायस्थले बताए ।

सरसफाई अभियानमा जिल्ला अधिकारी प्रमुख किरण थापा, जनप्रतिनिधि, पत्रकारसहित सर्वसाधरणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top