२०८१, १९ बैशाख बुधबार

त्रिशूली अस्पतालले मनायो ५९औँ वार्षिकोत्सव

सुनील श्रेष्ठ     श्रावण ११ २०८० २०:०४

smarika released trishuli hospital 59th anniversary ceremony program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संघ र प्रदेश स्तरमा उत्कृष्ट ठहरिएको त्रिशूली अस्पतालले आज आफ्नो ५९ औँ वार्षिकोत्सव एक कार्यक्रमकाबीच मनाएको छ ।

अस्पतालको सेवातर्फको वार्षिक प्रगति विवरणसहित कर्मचारीहरुका लेख, रचना रहेको स्मारिका बागमती प्रदेशका मन्त्रीद्वय आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, सांसद राधिका तामाङ, सांसद रमेश महत, अस्पताल सञ्चालन तथा व्यस्थापन समितिका अध्यक्ष राजु पण्डितलगायतले संयुक्तरुपमा सार्वजनिक गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री लामाले अस्पतालले प्रदान गरिने सेवालाई सुलभ बनाउन प्रविधिको प्रयोग गरी चिकित्सक सेवा चुस्त पार्नुपर्ने बताए । रोगको निदान समयमै गर्न सके बिरामीले उपचार पाउने भएकोले अस्पतालका ल्याबलाई अझै व्यवस्थित गर्न भौतिक पूर्वाधार विकसित गर्न अर्थमन्त्री लामाले अस्पताललाई निर्देशन दिएका छन् ।

अस्पतालमा अहिले १५ विशेषज्ञ चिकित्सक र १० जना मेडिकल अधिकृतहरुले सेवा दिईरहेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रतिक सिंहले जानकारी दिए । अस्पताल व्यवस्थापन समितिबाट थप जनशक्तिको व्यवस्थापन गरी अस्पतालमा १६८ जना कर्मचारीले सेवा दिईरहेको मेसु सिंहले बताए । 

पछिल्लो समय डाईलोसिस सेवा दिईरहेको अस्पतालबाट चाँडै नै सिटीस्क्यान सेवा समेत सुरु गर्ने अस्पताल सञ्चालन तथा व्यस्थापन समितिका अध्यक्ष पण्डितले जानकारी दिए ।

वार्षिकोत्सव अवसरमा आयोजित फुटसल, ब्याडमिन्टन, मोटरसाइकल खेल लगायतका खेलमा विजयी हुने खेलाडीहरुलाई समारोहका प्रमुख अतिथी, अतिथिले शिल्ड, मेडलसहित प्रमाणपत्र प्रदान गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा आज एक दिन ओपीडी टिकट नि:शुल्क गरिएको थियो । 

गत आर्थिकवर्षमा ३५ हजार ४८० जनाले स्वास्थ्य बीमाको उपचार त्रिशूली अस्पतालमा गरिएको तथ्यांक छ । हाल अस्पतालमा दैनिक करिब १५० देखि २५० बिमितहरु उपचारको लागि आउने गरेको छ ।

वि. सं.२०२१ साउन ११ गते त्रिशुली जलविद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रुप नै आजको त्रिशुली अस्पताल हो । २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुल्ला गरिएसँगै जिल्ला अस्पताल त्रिशुलीले अहिले नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारमा सेवा पुर्याउदै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top