+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाद्वारा कर्मचारीको अनैतिक र भ्रष्ट कार्यप्रति भर्त्सना

rashtriya swatantra party liku nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – कार्यालय समयमा वडा कार्यालयभित्र मदिरापान खानपान गरिएको भिडिओ सार्वजनिक भएको कर्मचारीको ज्यादतीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाले भर्त्सना जाहेर गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै रास्वपा लिखु गाउँपालिकाका सभापति विष्णुकुमार श्रेष्ठले उक्त कर्मचारीको अनैतिक र भ्रष्ट कार्यप्रति रास्वपा लिखु गाउँपालिकाले भर्त्सना जाहेर गरेको हो ।

असार ३१ गते कार्यालय समयमा आर्थिकवर्षको समापन भन्दै लिखु गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयभित्र वडा सचिव नीरबहादुर राणा र कार्यालय सहयोगी श्रीधर श्रेष्ठ र अन्य कर्मचारी समेत बसी समुहगत रुपमा कार्यालयभित्रै मदिरासहित खानपान गरिरएको समयमा स्थानीय बासिन्दाले फेला परेको फोटो र भिडिओ सामाजिक सञ्जालमा छरपस्ट भइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ “एउटा स्थानीय सरकारी कार्यालय जसले जनताको सेवालाई मध्यनजर गर्दै कार्यालय समयभन्दा बाहिर पनि जनताको सेवा दिनुपर्नेमा उल्टो कार्यालय समय समेत नसकिदै सबै कर्मचारी जम्मा भएर मदिराभोज गर्ने प्रचलन चलायेकोमा घोर भर्त्सना गर्दछौं ।”

कर्मचारीहरुले गरेको यस्तो अनैतिक कार्यपालिका प्रमुख र वडा अध्यक्षको सहमति वा जानकारीमा पक्कै भएको हुनुपर्छ । यसले हाम्रा स्थानीय सरकारको नेतृत्व गर्नेहरुको प्राथमिकता र चरित्र पनि खुलासा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले उक्त अनैतिक र भ्रष्ट कार्यप्रति रास्वपा लिखु गाउँपालिका समिति घोर भर्त्सना गर्दै छानविन गरि दोषी देखिएका वडा सचिवलगायतका व्यक्तिहरुलाई कडा कारवाहीको माग गरेको छ ।

विकास र सुशासनको पक्षमा रास्वपा सधैं प्रतिबद्ध रहेको जानकारी गराउदै लिखुबासी जनतालाई यस्ता अनैतिक क्रियाकलापका विरुद्ध जुट्न र आवश्यक आवाज उठाउन समेत रास्वपाले आग्रह गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ