२०८१, १७ बैशाख सोमबार

विदुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

डबली खबर     असार २४ २०८० १२:०१

free women health camp in bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका र मेरी स्टोप्स सर्भिसेसद्वारा संयुक्तरुपमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ४२० जना महिलाले सेवा लिएका छन् । उक्त शिविरमा महिलाहरुको आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, बाँझोपन समस्याको पहिचान, स्क्रिनिङको नि:शुल्क परिक्षण र उपचारको साथै परामर्श तथा जनचेतना प्रदान गरिएको थियो ।

नगरका विभिन्न वडामा रहेको स्वास्थ्य केन्द्र, चौकी र इकाईमा गरिएको शिविरमा ४२० जनाले सेवा लिएको छ । जसमा शहरी स्वास्थ्य केन्द्र, बट्टारमा १६४ जना, खड्गभञ्याङ्ग स्वास्थ्य चौकी, खड्गभञ्याङ्गमा ७१, गेर्खु स्वास्थ्य चौकी, गेर्खुमा ६२ जना र सामुदायिक स्वास्थ्य इकाई, तुप्चेमा १२३ जना महिलाहरुले आफ्नो रोग पहिचानको लागि स्क्रीनिङ परिक्षण गराएको विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । उनका अनुसार परिक्षण गरिएका ३१ जनालाई थप उपचारको लागि त्रिशुली अस्पताल पठाईएको छ ।

वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य केन्द्रबाट ६ जना, वडा नम्बर ३ मा रहेको खड्गभञ्याङ्ग स्वास्थ्य चौकीबाट १० जना, वडा नम्बर १० मा गेर्खु हेल्थ पोस्टबाट २ जना र वडा नम्बर ७ मा सामुदायिक स्वास्थ्य इकाईबाट १३ जनालाई थप उपचारको लागि त्रिशुली अस्पताल पठाईएको छ ।

महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र निराकण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

असार २० गतेदेखि २३ गतेसम्म संचालन भएको चारदिने नि:शुल्क महिला स्वास्थ्य शिविरमा जिल्ला (त्रिशूली) अस्पतालका महिला रोग विशेषज्ञ डा. रमिता कँडेल, महिला रोग विशेषज्ञ डा. सुनीता सेढाई र मेडिकल अफिसर डा अनूपा सुवेदी, विदुर नगरपालिका स्वास्थ्यकर्मी र मेरी स्टोप्स सर्भिसेज संस्थाकाका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top