+
Search

ताजा अपडेट +

पपुलर +

ब्याडमिन्टनको उपाधी दिवाली र जोशीलाई

winners badminton nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – दोस्रो जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी नारायण दिवाली र रोशन अधिकारीको जोडी र बिबेक जोशी र प्रोग्रेस श्रेष्ठको जोडीले हात पारे ।

जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा विदुर नगरपालिकाको बट्टारस्थित कभर्डहलमा शनिबार भएको प्रतियोगिताको फाईनलमा समुह “ए” बाट बिबेक जोशी र प्रोग्रेस श्रेष्ठको जोडीले सुरज लामा र कुमार डङगोललाई २१-१८ २३-२१ र ११-८ सेटले प्रोग्रेससेन्टको आधारमा प्रथम भए ।

त्यसैगरी, समुह “बी” बाट नारायण दिवालि र रोशन अधिकारीको जोडीले सुमित जोशी र बिकास सिवाकोटीलाई २१-१८ र २१-१० सोझो सेटले पराजित गरि प्रथम भए ।

विजेतालाई बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा नुवाकोट ब्याडमिन्टन संघ नुवाकोटको व्यवस्थापकीय तथा प्राविधिक सहयोगमा भएको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले जानकारी दिए ।

असार १४ गतेदेखि १६ गतेसम्म भएको प्रतियोगितामा ५५ टिमको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ