२०८१, १५ बैशाख शनिबार

पारिश्रमिकका लागि बाल विकासका शिक्षक आन्दोलित

डबली खबर     असार ११ २०८० १३:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बाल विकासका शिक्षक स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् । सोमबार विदुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरु नगर कार्यपालिका अगाडी धर्ना दिएका छन् ।

नगर अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरुले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि बजेटमा सुनुवाइ नगरेको भन्दै आजदेखि आन्दोलित भएका हुन् ।

सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन नगरपालिकाले नदिने भएपछि बालविकास शिक्षिकाहरु धर्ना दिन सुरु गरेका छन् ।

माग पूरा नहुञ्जेलसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास नुवाकोट विदुर नगर कार्यसमितिका अध्यक्ष भगवति खनालले चेतावनी समेत दिएकी छिन् । नगरपालिकाले यस आर्थिक बर्षमा पनि केन्द्रले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार नदिएपछि विद्ययालमा बालबालिकालाई अलपत्र छाडि धर्ना बस्न बाध्य भएको उनले बताईन् ।

नगरमा ६० वटा सामुदायिक विद्यालयका ८२ जना बालविकासका शिक्षिकाहरु कार्यरत छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top