+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले बजाए ७७ पटक घण्टी

77 times bell in rashtriya swatantra party nuwakot
डबली खबर
३ साल अगाडी

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा नुवाकोटमा पनि ७७ पटक घण्टी बजाएको छ ।

पार्टीको उदयको दिनलाई मिसन ८४ अन्तर्गत सन्देशमूलक रचनात्मक रुपले प्रस्तुत गर्न देशभर एकैपटक ७७ पटक घण्टी बजाउने पार्टीको निर्देशन अनुसार उक्त घन्टी बजाईएको नुवाकोट जिल्ला सभापति रामेश्वर जगुरेलले बताए ।

रास्वपा सभापति रवि लामिछानेले निर्देशन गरेको आज साँझ ७ बजे सात प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका थिए । उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न आग्रह गरेका थिए ।

पार्टीको स्थापनाको अवसरमा केन्द्रीय कार्यालय र जिल्ला समितिले रक्तदान, विरुवा वितरण, वृक्षारोपण, भेला लगायत साताव्यापी कार्यक्रम गरेको थियो ।

गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो। ०८० मा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ। 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ