नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ ।
विदुर नगरपालिकाको हावाघरमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट जिल्ला समितिका सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।
रास्वपाले पार्टी स्थापना दिवसमा पहिलो दिन बृक्षारोपण, दोस्रो दिन वडा भेला, तेस्रो दिन विद्यालय, अस्पतालमा सरसफाई, चौथौं दिन रक्तदान, पाँचौं र छैठौं दिनमा विविध कार्यक्रम गरेर दिवस मनाईने जनाएको छ ।

प्रतिक्रिया