+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोले पुरिएर एकको मृत्यु

death body
डबली खबर
३ साल अगाडी

नुवाकोट – बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार सडकको नाली सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको हो।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरी नायब उपरिक्षक खड्काले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ