+
Search

ताजा अपडेट +

पपुलर +

“बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्छ” : सांसद केसी

Nepali Congress lawmaker Arjun Narsingha KC at Parliament
डबली खबर
२ साल अगाडी

काठमाडौँ – सांसद अर्जुननरसिंह केसीले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्ने धारणा राखेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद केसीले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्नेमा जोड दिएका छन् ।

सांसद केसीले भने, “निरपेक्ष गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन ।”

सांसद केसीले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद केसीले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति जनाएका छन्।

“सांसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु संविधानविपरीत छ। प्रतिपक्ष र सत्तापक्षको सहमतिबाट फिर्ता लिनुलाई मैले गम्भीर आपत्तिका रुपमा लिएको छु”, सांसद केसीले भने, “कस्तो किसिमको संसदीय अभ्यासमा गइरहेका छौँ ? आउने पुस्तामा के हस्तान्तरण गरिरहेका छौँ ?”

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ