२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नागरिकता विधेयक खारेजीको माग गर्दै नुवाकोटमा मसाल जुलुस

डबली खबर     जेष्ठ १७ २०८० २०:३८

raanke julus nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नुवाकोटले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

बुधबार विदुर नगरपालिकाको बट्टारमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेका छन् ।

बट्टारको पुरानो पाटीदेखि नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटसम्म मसाल जुलुसपछि कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष प्रज्वल सापकोटाले नागरिकता विधेयकको विरोध देशभरबाटै गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीले देश बेच्न पाइदैन, नागरिकता विधेयक खारेज गर, नालायक सरकार राजिनामा दे, भ्रष्ट्राचारी सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top