२०८१, १३ बैशाख बिहीबार

ट्राफिकले मान्दैन “नागरिक एप”मा देखाएको लाइसेन्स

डबली खबर     जेष्ठ ११ २०८० ०७:००

nagarik app nepal police traffic
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । सरकारी सेवाहरुमा चुस्तता दिन एउटै एपमा दिने उद्देश्यले बनेको नागरिक एपमा देखाएको लाइसेन्स ट्राफिक प्रहरीले नमान्दा प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ ।

प्रयोगकर्ताको सरकारी कागजात एकीकृत गरी डिजिटल रुपमा संरक्षित राख्न र देखाउनको लागि बनेको एपको हालसम्म आठ लाखभन्दा बढी नेपालीले प्रयोग गरिरहेको छ । एपमा नागरिकता, स्थायी लोखा नम्बर (प्यान), पासपोर्टको विवरण, सवारी दर्ता प्रणाली, सवारी चालक अनुमतिपत्रको विवरण, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका विभिन्न विवरण र सेवा यस एपबाट प्राप्त गर्न सकिन्छ ।

सरकारको लगानीबाट बनेको नागरिक एप डिजिटल नेपाल फ्रेमवर्ककको एक महत्वपूर्ण हिस्साका रुपमा हेरिएतापनि नागरिक एपमै उपलब्ध विवरणहरुमाथि सरकारी संयन्त्रले नै विश्वास नगर्दा सरकारको प्राविधिक क्षमतामाथि नै प्रश्न उठाएको छ भने प्रयोगकर्तामा अविश्वास फैलिएको छ । 

सरकारी निकायहरुबीचको अन्तरसम्बन्धलाई समेत भद्दा पारेको छ ।

के हो कारण ? 

ट्राफिक प्रहरीको प्रणाली र नागरिक एपबीच लिंक नभएको हुनाले ट्राफिकले नागरिक एपलाई मान्दैनन् ।

नागरिक एपको विषय ट्राफिक प्रहरीको सिस्टममा रिफ्लेक्ट भएर अनलाइनमा देखिएको बिषय अथवा कारोबार ट्राफिक प्रहरीको अफिसमा रिफ्लेक्ट नहुने भएर जनताले सास्ती व्यहोर्नुपरेको हो ।

ट्राफिकको प्रणालीसँग नागरिक एपको इन्टरफेस हुनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

नागरिक एप, यातायात व्यवस्था विभागले चलाएको लाइसेन्सको सिस्टम र ट्राफिक प्रहरीको सिस्टमबीचमा इन्टरलिंक भएमा मात्र ट्राफिकले कारबाही गरेको सूचना पनि नागरिक एपमा देखिने, कसैको लाइसेन्सको फल्ट भेटिने र चिट काटिएमा त्यसको रकेर्ड त्यहाँ भेटिने ट्राफिक प्रहरीको भनाई छ ।

अहिले पूरानै अवस्थामा अर्थात् नागरिक एपमा देखाइएको लाइसेन्स एवं बिल बुकलाई मान्यता दिने सम्भावना नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top