हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ नुवाकोट विजयी भएसँगै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको हेटौंडास्थित गौरीटार रंगशालामा नुवाकोटले रामेछापलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नुवाकोटलाई जित दिलाउनका लागि अस्मिता राई र सकुन्तला तामाङले समान १/१ गोल गरिन् ।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गोल गरेका नुवाकोट जिल्लाका अस्मिता राई म्यानअफ द म्याच घोषित भईन् ।
सेमिफाइनल फाईनलमा सिन्धुलि र काभ्रेपलाञ्चोकबीचको विजेतासँग भोलि जेठ १० गते दिनको १ बजे खेल्नेछन्।
प्रतियोगिता अन्तर्गत महिलातर्फ चितवन, धादिङ, काठमाडौं, भक्तपुर, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुली, नुवाकोट र रामेछाप गरी ९ जिल्लाको मात्र सहभागिता रहेको छ ।
प्रतिक्रिया