२०८०, २४ जेष्ठ बुधबार

युवा संघद्वारा धार्मिक र पर्यटकीय क्षेत्रको सरसफाइका लागि डस्टविन वितरण

डबली खबर     जेष्ठ १ २०८० १९:१९

National Youth Federation Nepal rashtriya yuwa sangh
Diyo Pathshala Montessori

विदुर – नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आज सोमबार ३४औँ स्थापना दिवस मनाएको छ ।

संगठनको स्थापना दिवसको अवसरमा धार्मिक र पर्यटकीय क्षेत्रको सरसफाइका लागि संघ नुवाकोटले डस्टविन वितरण गरेको छ ।

दुप्चेश्वर महादेव मन्दिर र जलविहार सिलट्यांकीमा सरसफाई गर्नुकोसाथै डस्टविन राखिएको संघका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए । धार्मिक र पर्यटकीय क्षेत्रमा मानिसको चहलपहल बढी हुने वातावरण पर्यावरणको लागि डस्टविन वितरण गरिएको बताए ।

सिलट्यांकीमा विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिराम भण्डारीको उपस्थितिमा आन्तरिक र बाहिरी पर्यटकहरुमा पुनरागमनसहितको होर्डिङ बोर्ड राखिएको उनले बताए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top