+
Search

ताजा अपडेट +

पपुलर +

पोके व्यापारी नियन्त्रण गर्न व्यवसायी एकजुट, १९ सदस्यीय उपसमिति गठन

meeting of poke business holder band in nuwakot
डबली खबर
३ साल अगाडी

विदुर – गैरकानूनी रुपमा सहर र ग्रामीण क्षेत्रमा व्यापार व्यावसाय गर्दै हिडेका पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन नुवाकोटका व्यवसायी एकजुट भएका छन्।

बिहिबार नुवाकोट उद्योग वाणिज्य संघको भवनमा भएको बैठकले पोके व्यापारी नियन्त्रणको लागि संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन भएको छ । उपसमितिमा जिल्लाका मोबाईल, मदिरा, फेन्सी, प्लास्टिक, मेडिकल, भाडाकुडा, खाद्यान्न, कपडा र होटल गरी नौं वस्तुगतका व्यापारी संगठनका प्रतिनिधिहरु रहेका छन् ।

व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, बिलबिजक नै जारी समेत नगरी कपडालगायत विभिन्न सामग्री बिक्रीका लागि नुवाकोटका बजार तथा गाउँ छिर्न लागेका व्यापारीलाई नियन्त्रण लिन उपसमिति तयार गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । अनाधिकृत पोके व्यवसायीलाई सम्बन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्नसमेत आग्रह, स्थानीय निकायसँग समन्वय, सिमानाकामा जानकारीमूलक होर्डिङबोर्ड, डिजीटल तथा भौतिकरुपमा उपभोक्तामा जनचेतना कार्यक्रम गरिने अध्यक्ष श्रेष्ठले बताए ।

जिल्लाभर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि प्रभावकारी कदम भने यस अघिनै चालिए तापनि पूर्णरुपमा कार्यन्वयन आउन सकेको थिएन ।

पोकेव्यापारीहरु मौसम अनुसारका कपडा, भाडाकुडा, तथा अन्य वस्तुहरु घरघरमै लगेर बिक्री वितरण गर्ने हुँदा सदरमुकाममा चहलपहल समेत कम हुन थालेपछि स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै संघकै अगुवाईमा पोके व्यापारी नियन्त्रण अभियान सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ