२०८०, २४ जेष्ठ बुधबार

नयाँ वर्षमा एलजीको क्यासब्याक योजना

डबली खबर     चैत्र १९ २०७९ १०:४२

lg nepal new year 2080 scheme
Diyo Pathshala Montessori

काठमाडौं – एलजीले नयाँ वर्षमा नयाँ अभियान शुभकामना जीवनभरको जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा क्यासब्याक र पक्का उपहार योजना लिएर आएको छ ।

उपहार योजना अन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म बढी क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ ।

एलजी होम इन्टरटेन्मेन्ट अन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५ प्रतिशतसम्म बढी क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर ९३६० लिटरसम्म रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर पाउँनेछन् ।

यस्तै, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९१० केजी र माथिको खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९९ केजी सम्मको खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोडरटिक्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।

यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश ४ हजार रुपैयाँ र ५ हजार रुपैयाँको निशुल्क स्थापना सेवा पाइनेछ । यो योजना चैत्र १२ गते देखि सीमित अवधिको लागि लागु हुनेछ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top