+
Search

ताजा अपडेट +

पपुलर +

रेडियो लाङटाङको आठौँ वार्षिकोत्सव

8th anniversary radio langtang
डबली खबर
३ साल अगाडी

स्याउबारी – रसुवाको रेडियो लाङटाङले आफ्नो आठौं वार्षिकोत्सव तथा स्थापना दिवस एक कार्यक्रम गरी मनाईएको छ ।

सोमबार रेडियोको प्राङ्गणमा भएको वार्षिकोत्सव समारोहमा शुभकामना तथा वर्तमान समयमा रेडियोकाे सान्दर्भिकता विषयकमा छलफल भएको छ।

समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेल, कालिका गाउँपालिकाकी उपाध्यक्ष मीरा तामाङ, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिलगायतले शुभकामना व्यक्त गर्नुको साथै रेडियोले पुर्याएको योगदानबारे चर्चा गरिएको छ ।

रेडियोका अध्यक्ष सोहम सुवेदीले आगामी दिनमा रेडियोका कार्यक्रमहरु अझै परिस्कृत गर्दै सामुदायिक रेडियोको माध्यमबाट पर्यटनको सम्भावना, विकास, विस्तार र संरक्षणको अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको पर्यटकिय विकास, विस्तार र संरक्षण तथा सामुदायिक बिकास, सचेतना र सशक्तिकरण गर्दै समुदायको अवाजको सम्बोधन, स्थानीय सूचना र ज्ञानको अदानप्रदान गर्ने उद्देश्यले पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालले २०७१ फागुन १ देखि सामुदायिक रेडियो लाङटाङ सञ्चालन गरेको हो । गैरसरकारी संस्थाद्वारा सञ्चालित ५०० वाट क्षमताको पहिलो रेडियो हो ।

स्थापनाकालमा १० घण्टा प्रसारण थालेको रेडियो अहिले दैनिक १८ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, सन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित कार्यक्रमहरु, समसामयिक विषयमा अन्तरवार्ता, संवाद, मनोरञ्जन र सूचना प्रसारण गर्दै आईरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ