२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटका भलिबल टिमलाई विदाई

डबली खबर     माघ ४ २०७९ ११:१३

bagamati volleyball cup
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल खेलकुद महासंघ नुवाकोटले बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिताका सहभागि नुवाकोटको टीमलाई विदाई गरेको छ ।

भोलि माघ ४ गतेदेखि ७ गतेसम्म हुने रामेछापको सदरमुकाम मन्थलीमा हुने भलिबल प्रतियोगिताको लागि खेलकुद महासंघ नुवाकोटका ईन्चार्ज कमल श्रेष्ठको टिमले मंगलबार काठमाडौंमा विदाई गरेका हुन् ।

नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने छन् ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः र १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ निवर्तमान उपमहासचिव तथा कार्यालय प्रमुख रामकृष्ण खड्का र जिल्ला भलिबल संघ नुवाकोटका सदस्य सुरेन्द्र श्रेष्ठलगायतले प्रतियोगितामा विजयको शुभकामना दिदैं बिदाई गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top