२०८१, १४ बैशाख शुक्रबार

चुनावमा नुवाकोटका उम्मेदवारहरुले खर्चिए एक करोडभन्दा धेरै, अर्जुननरसिंहले खर्चे २७ लाख ६३ हजार

सुनिल श्रेष्ठ     मंसिर २९ २०७९ १७:२६


Details of expenses submitted by the candidates Nuwakot Dabali Khabar TWS

नुवाकोट – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्। निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा बुझाउन थालेका हुन्।

चुनावी खर्च विवरण बुझाएको तथ्यांकअनुसार नुवाकोटका उम्मेदवारहरुले एक करोड ७५ लाख ४४ हजार ८२५ रुपैयाँ खर्चेको निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा २८ र दुई वटा प्रदेशसभामा ३५ गरी ६३ उम्मेदवार रहेका थिए। उनीहरुमध्ये ४२ जनाले मंगलबारसम्ममा निर्वाचन खर्च बुझाइसकेको छ। उक्त चुनावी खर्चको विवरण उम्मेदवार स्वयम् र प्रतिनिधिमार्फत् बुझाएको उनले जानकारी दिए । उनका अनुसार चुनावी खर्च बुझाउन सूचना जारी गर्दा पनि पुरुष १७ र महिला ४ गरी २१ उम्मेदवारहरुले आफ्नो चुनावी खर्च बुझाएका छैनन् । अन्यको विवरण आउने क्रममा रहेको छ ।

उनका अनुसार निर्वाचन खर्च विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, गोष्ठी तथा अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।

यो समाचार तयार गर्दासम्म चुनावी खर्च विवरण नबुझाउनेमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा मावोवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ समेत रहेको उल्लेख छ । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १९ लाख ७३ हजार ३०० खर्चेको भन्दै विवरण बुझाएका छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले चुनावमा २७ लाख ६३ हजार खर्चेको भन्दै विवरण बुझाएका छन्। उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका नारायणप्रसाद खतिवडाले केसीभन्दा आधा चुनावी खर्च गरेको विवरण पेश गरेको छ । खतिवडाले १३ लाख ३५ हजार ६४९ खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

निर्वाचन मत परिणाम घोषणा हुनुभन्दा अगावै मङ्सिर ६ गते नुवाकोट क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवारद्वय नेपाली काँग्रेसका बहादुरसिं लामा र स्वतन्त्र उम्मेदवार सिहंराज लामाले आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए ।

नुवाकोट जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं. १ मा ३१ लाख र क्षेत्र नं. २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको थियो । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाख रुपैयाँसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्नेछ। राजनीतिक दल र उम्मेदवारहरूले मनोनयनपत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्दसूची दर्ता भएको मितिदेखि निर्वाचनको मतपरिणाम घोषणा भएको मितिसम्मको सम्पूर्ण खर्चको विवरण आयोगले तोकेको ढाँचामा बुझाउनुपर्ने छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिईएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मत गणना घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ।

यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना नतिरेका व्यक्तिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो।

उम्मेदवारहरुले बुझाएको खर्चको विवरण

स्रोत: जिल्ला निर्वाचन कार्यालय नुवाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top